काठमाडौं महानगरपालिकाको मतगणना सुरु, वडा नम्बर १ र ३२ को मतपेटिका खोलियो
फरकधार / ३१ बैशाख, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरु भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।



यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो । मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो ।

पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुटेपछि मतगणना सुरु भएको हो । 

काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन् । 



काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् । तीन लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको थियो । 

  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १०:६:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया