logo-img

विराटनगर महानगरपालिकाको मतगणना सुरु, पाँच वडाको मतपेटिका खोलियो

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि केहीबेर अघिदेखि मात्र गणना सुरु भएको हो ।  

उम्मेदवारले प्रतिनिधि पठाउन ढिलाइ गर्दा मतगणना पनि ढिलो सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुरुवातमा विराटनगरका–१, २, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको छ । चासोका साथ हेरिएको विराटनगरको मतगणना कडा सुरक्षा  र निगरानीबीच गरिँदैछ । 



मतगणनास्थलमा सिसी क्यामेरा जडानका साथै तारजालीले घेरिएको छ । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको छ ।

यसपालि गठबन्धनबाट कांग्रेसका नागेश कोइराला, एमालेबाट सागर थापा, स्वतन्त्रबाट उमेश यादव मेयरका लागि मैदानमा छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट जसपाका अमरेन्द्र यादव, एमालेबाट शिल्पा कार्की र स्वतन्त्रबाट नमिता न्यौपाने प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १०:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया