टीकापुरमा रेशम चौधरीको पार्टीलाई सुरुवाती अग्रता, पछ्याउँदै एमाले

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । १०० मत गणना हुँदा रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएका निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए । 

उनका अनुसार नागरिक उन्मुक्ति पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले १६ मत पाएका छन् । 

५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत खसेको थियो ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार ११:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया