पुन: मतदानको माग गर्दै बझाङको छबिसपाथिभेरामा एमालेको नाराबाजी

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले पुन मतदानको माग गर्दै नाराबाजी गरेको छ । शुक्रबार भएको निर्वाचनमा छबिसपाथिभेरा गाउँपालिका–६ को बाठपालि माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताले फर्जी मत हालेको भन्दै एमालेले निर्वाचन बहिस्कार गरेको थियो । 

उक्त स्थानमा फेरि मतदान गराउनुपर्ने माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो । निर्वाचन कार्यालयले ३ घण्टाभित्र दुवै पक्षलाई मिलेर आउन भनेको र नमिलेको खण्डमा मतगणनालाई अघि बढाउने बताएको थियो । 

एमाले र गठबन्धनमा रहेका दलहरूबीच सहमति नभएपछि निर्वाचन अधिकृतको कार्यालयले मत गणनाको तयारी थालेपछि एमालेले निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरिरहेको हो ।

विवादित क्षेत्रमा पुनः मतदान नगरिए मतगणना गर्न नदिने एमाले छबिसपाथिभेरा गाउँपालिकाले चेतावनी दिएको छ । 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार ११:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया