logo-img

सिन्धुपाल्चोकको इन्द्रावतीमा वडादेखि गाउँपालिकासम्म एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १२ मध्ये ६ वडाको मत परिणाम आएको छ । हालसम्मको नतिजाअनुसार नेकपा एमालेले चार र नेपाली कांग्रेसले दुई वडामा जित हात पारेका छन् । 

त्यस्तै, पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झम्कनाथ नेपालले ३६०६ मतका साथ अग्रता लिँदा उनलाई कांग्रेसका विकास लामाले ३०८४ मतका साथ पछ्याइरहेका छन् । 

उपाध्यक्षमा एमालेकी शोभानाले ३४३० मतका साथ अग्रता लिँदा उनलाई कांग्रेसकी दया कुमारी मिश्रले ३३७ मतका साथ पछ्याइरहेकी छन् । 

यस्तो छ वडाको नतिजा :

वडा नम्बर १

वडा नम्बर १ मा एमालेका उम्मेदवार चिनलाल तामाङ प्यानलसहित अध्यक्षमा निर्वाचित भएका छन् । तामाङले ६९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्री लामाले ५३३ मत प्राप्त गरे । लामा निवर्तमान वडाध्यक्ष हुन् ।​



वडा नम्बर २  

यो वडामा कांग्रेसका उम्मेदवार श्यामबहादुर गिरी प्यानलसहित अध्यक्षमा विजयी भएका छन् । गिरीले ५६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका रामशरण गिरीले ५२२ मत प्राप्त गरे । 



०७४ को निर्वाचनमा २ नम्बर वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भएका थिए । 

वडा नम्बर ३ 

यो वडामा एमालेका उम्मेदवार भीमसेन थापा प्यानलसहित अध्यक्षमा निर्वाचित भएका छन् । थापाले ४३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नेत्रबहादुर बानियाँले २४९ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा यहाँबाट कांग्रेसका देवप्रसाद बानियाँ वडाध्यक्ष निर्वाचित भएका थिए ।

वडा नम्बर ४ 

वडा नम्बर ४ मा कांग्रेसका उम्मेदवार क्षेत्रबहादुर तामाङ ६५० मतका साथ प्यानलसहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवेन्द्रप्रसाद दाहालले ५४२ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा  यहाँ कांग्रेसका जगतमान ताल्चाभडेलले वडाध्यक्षमा जितेका थिए । 

वडा नम्बर ५

यो वडामा एमालेका उम्मेदवार शशिनाथ आचार्य ९३३ मतका साथ प्यानलसहित विजयी भएका छन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अणबहादुर तामाङ (थिङ) ले ६६४ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा यहाँ कांग्रेसका दुर्गाबहादुर तामाङ वडाध्यक्षमा  निर्वाचित भएका थिए । 

वडा नम्बर ६ 

वडा नम्बर ६ मा एमालेका इन्द्रबहादुर तामाङ ६५१ मतका साथ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवकुमार कोइरालाले ५६४ मत प्राप्त गरे । 

  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १४:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया