प्रिमियर लिगमा न्युकासलले आर्सनललाई हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा न्युकासल युनाइटेड विजयी भएको छ । घरेलु टोली न्युकासल आर्सनलविरुद्ध २–० ले विजयी भएको हो ।  

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेइसले एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।

खेलको ५५ औं मिनेटमा बेन ह्वाइटको आत्मघाती गोलबाट न्युकासलले अग्रता लिएको थियो । ८५ औं मिनेटमा गुइमारेइसले गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए । 

जितसँगै ३७ खेलमा ४६ अंक जोडेको न्युकासल १२ औं स्थानमा उक्लिँदा पराजित आर्सनल समान खेलबाट ६६ अंकका साथ पाँचौं स्थानमा यथावत छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ८:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया