सुर्खेतको पञ्चपुरीमा कांग्रेस विजयी

सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारसहित आठवटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपालिकामा ११ वडा छन् ।

नगरको प्रमुख पदमा नेपाली कांग्रेसका लालवीर भण्डारी पाँच हजार नौ सय नौ मतका साथ विजयी भएका हुन् । भण्डारीका प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले पाँच हजार एक सय १८ मत ल्याएका थिए । 

यसैगरी, नगरको उपप्रमुख पदमा कांग्रेसकी उम्मेदवार मुक्तिदेवी रेग्मी विजयी भएकी छिन् । रेग्मीले कुल ६ हजार ९४ मत ल्याएकी छिन् । रेग्मीकी प्रतिद्वन्द्वी नेकपा एमालेकी दुर्गाकुमारी जैसीले पाँच हजार एक सय ६८ मत ल्याएकी छिन् ।

यता, वडाअध्यक्षमा भने १ मा कर्णबहादुर थापा मगर (नेकपा एमाले), २ मा यामबहादुर बिसी (कांग्रेस), ३ मा बलबहादुर रोकाय (कांग्रेस), ४ मा रामप्रसाद अधिकारी (नेकपा एमाले), ५ मा नगेन्द्रबहादुर शाही (कांग्रेस), ६ मा नरबहादुर सिजापती (नेकपा माओवादी केन्द्र), ७ मा खिमबहादुर बयक (कांग्रेस), ८ मा दीपककुमार थापा (कांग्रेस), ९ मा पूर्णप्रसाद घिमिरे (कांग्रेस), १० मा हरिप्रसाद ढकाल (कांग्रेस) र ११ मा धनबहादुर माझी (कांग्रेस) विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १९:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया