\
बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष पदमा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की विजयी भएका हुन् ।
नेपाली कांग्रेसका देवराज जोशीलाई पछि पार्दै कार्की विजयी भएका हुन् । कार्कीले ४ हजार ९१७ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जोशीले ४ हजार ९१ मत ल्याए ।
यस्तै उपाध्यक्ष पदमा एमालेकै पार्वती ऐरी कार्की विजयी भएकी छिन् । उनले माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)लाई पराजित गरेकी हुन् । कार्कीले ४ हजार ७८४ मत ल्याइन् भने भट्टले ३ हजार ६४१ मत ल्याए ।
दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हो । गएको स्थानीय तहको निर्वाचनमा पनि सो पालिकामा एमालेले नै जित निकालेको थियो । अध्यक्षमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की पुनः दोहोरिएका हुन् ।
गाउँपालिकाका ८ वडामध्ये ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ८ मा नेपाली कांग्रेस र वडा नं २ मा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन् । अन्य वडामा एमालेले जित हासिल गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।