मोरङको लेटाङ नगरप्रुमख/उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

मोरङको लेटाङ नगरपालिकाको मेयर/उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावती १ हजार २२७ मतका साथ विजयी भए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत प्राप्त गरे । लेटाङमा ०७४ को निर्वाचनमा कांगेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

नगरपालिकाको उपमेयरमा दोस्रो कार्यकालका लागि पुनः कृष्णकुमारी निरौला निर्वाचित भएकी छन् । निरौलाले ९४६० मत प्राप्त गर्दा माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४९०५ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १०:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया