मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा कांगेसका धर्मराज लामिछाने

मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी भएका छन् । उनी ११ हजार २९२ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत ल्याइन् । त्यस्तै, अध्यक्षमा राप्रपाका रामप्रसाद दाहालले ३६९, नेकपा एकीकृत समाजवादीका नारायणप्रसाद तिमल्सिना १३२, जनता समाजवादी पार्टी नेपालका मानबहादुर माझी १२४ र नेकपा मालेका कुमार बहादुर सञ्जेलले २६ मत ल्याए ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका भक्तबहादुर खत्री ९ हजार ५२२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत ल्याए । 

त्यस्तै, उपाध्यक्षमा राप्रपाकी सावित्री राईले ४६४, जनता समाजवादी पार्टीकी मीरा वाइबाले ८० र नेकपा एकीकृत समाजवादीकी उर्मिला राईले ६५ मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया