नेपाल टी–२० लिगको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टि–२० लिगको औपचारिक घोषणा भएको छ ।

क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै लिग आगामी असोज ८ देखि कात्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२)सम्म हुने जानकारी गराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा होम एण्ड अवेको अवधारणाअनुसार डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

क्यानले खेलाडीलाई तीन ग्रेडमा राख्ने  कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले कार्यक्रममा जानकारी दिए ।

मल्लका अनुसार ए ग्रेडमा पर्ने खेलाडीले न्यूनतम १५, बी ग्रेडकाले न्यूनतम १० र सी ग्रेडका खेलाडीले न्यूनतम ५ लाख नेपाली रुपैयाँ पाउनेछन् । टोलीको घोषणा भने केही दिनपछि हुने क्यानले जनाएको छ ।

क्यानले रणनीतिक र व्यावसायिक अधिकार भारतीय कम्पिनी सेभेन थ्री स्पोर्टसलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँमा बेचेको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया