वडाअध्यक्ष निर्वाचित भएपछि सहिद गेटमा दीप प्रज्ज्वलन

मकवानपुरको बागमती गाउँपालिका-२ राईगाउँमा रहेको सहिद गेटमा ३ नम्बर वडाका नवनिर्वाचित वडाअध्यक्ष कमानसिं पाख्रिनले दीप प्रज्ज्वलन गरेका छन् । 

३ नम्बर वडामा पाख्रिनको प्यानल विजय घोषणा भएलगत्तै विजय र्यली राईगाउँ सहिद गेट पुगेको थियो । 

सहिदको वलिदानबाटै अहिलेको व्यवस्थ र संघीयता आएकोले विजयपश्चात सबभन्दा पहिले सहिदको सम्मान गर्न राईगाउ सहिद गेट आएको अध्यक्ष पाख्रिनले बताए । 

‘सहिदहरुकै योगदानले हामी यो स्थानमा छौं, उहाँहरुको सपना पुरा हुनेगरी वडामा काम गर्नेछु’, उनले भने । 
 
दश वर्षे जनयुद्धमा बागमती ३ गढनका बटु माया पाख्रिन, गणेशमान पाख्रिन, साम्तेन भोलन, मानबहादुर पाख्रिन र छविलाल विकले साहदत प्राप्त गरेका थिए ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २०:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया