कोलकातामाथि रोमाञ्चक जित निकाल्दै लखनउ आइपिएलको प्लेअफमा

कोलकाता नाइट राइडर्स (केकेआर) लाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्सले प्लेअफमा स्थान बनाइसकेको छ ।

मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ५० रन बनाए ।

नितिश राणाले ४२ तथा रिंकु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कस स्टोइनिस र मोसिन खानले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २११ रनको विशाल योगफल खडा गरेको थियो ।

उसका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए । 

जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा  छ । ऊ यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ६:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया