संविधानसभा सदस्य चौलागाईं गाउँपालिका अध्यक्षमा निर्वाचित

तत्कालीन संविधानसभा सदस्य रेणुका चौलागाईं काभ्रेको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा विजयी भएकी छन् । उनी ६ हजार २ सय २८ मतका साथ अध्यक्षमा विजयी भएकी हुन् ।

चौलागाईंले निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पारिन् । लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका शेरबहादुर लामा निर्वाचित भए । लामाले ७ हजार २ सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता खरेल (गौतम) ले ३ हजार ५ सय ४९ मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ११:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया