‘समर लभ’को ट्रेलर सार्वजनिक

काठमाडौं– युवा लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि बनेको चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा प्रेसमिटको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । 

आफ्नो टिमले धेरै मिहिनेत गरेको हुनाले दर्शकले चलचित्र मन पराउने कुरामा आफू पूर्ण रूपमा आशावादी रहेको निर्देशक मुस्कान ढकालले बताए । ‘समर लभ उपन्यास धेरै लामो छ । सम्पूर्ण पुस्तक नै सिनेमा राख्न सम्भव थिएन,’ ढकालले भने, ‘उपन्यासको मूल भाव नबिगारी त्यसलाई चलचित्रमा समावेश गर्नु आफैँमा चुनौतीपूर्ण थियो ।’

फिल्मका संवाद लेखक सामीप्यराज तिमिल्सिनाले आफूले उपन्यासलाई अढाई घन्टाको फिल्ममा समेट्न धेरै मिहिनेत गरेको बताए । ‘फिल्मलाई दुई भागमा देखाउने कि भनेर पनि सल्लाह भएको थियो, तर जायज नलागेर त्यत्तिकैमा सकियो,’ उनले भने, ‘उपन्यासमा भएको कुनै पनि कुरा छुट्न हुन्थेन । त्यसकारण पनि यो चलचित्र निर्माण हुन धेरै समय लाग्यो ।’

समर लभबाटै डेब्यु गरेकी नायिका रेवतीले आफूले चलत्रित्रमा आफ्नो शतप्रतिशत दिएको बताइन् । ‘म भारतमै हुर्कें, बढेँ, आफ्नो जीवनको अधिकांश समय भारतमा बिताएको हुनाले मलाई राम्रो सँग नेपाली बोल्न आउँदैन । यहीकारण मलाई निकै गाह्रो भएको थियो,’ रेवतीले थपिन् । 

फिल्मका नायक आशिष पियाले समर लभ आफ्नो पहिलो चलचित्र भएको हुँदा सुरुमा केही गाह्रो भएको बताए । तर, राम्रो टिमसँग काम गर्न पाएको भएर खासै गाह्रो महसुस नभएको उनको अनुभव छ । 

नाइटिंगेल इन्टरटेन्मेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रूपमा निर्माण गरेको ‘समर लभ’मा सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, ओम प्रतीकलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा संगीत र शब्द पुष्पन प्रधानको रहेको छ । 



फिल्म माघ २५ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउने छ । बहुचर्चित उपन्यास ‘समर लभ’ सन् २०१२ मा प्रकाशित भएको थियो । 



  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १७:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया