बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।
बागमती प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
उनले ५ दलीय गठबन्धनले एमालेलाई हराउनकै लागि निर्वाचन आचारसंहिताविपरीतको काम गरेको पनि बताइन् ।
शाक्यले प्रदेश सभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्रमाथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनुपर्ने पनि बताइन् । उनले शक्ति पाएपछि दुरुपयोग गर्नमा सरकार लागिपरेको पनि दोहोर्याइन् ।
उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन पनि आग्रह गरिन् । उनले सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सेकाएको आरोप पनि लगाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।