लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुनुको कारण खोज्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको बताए । 

संसदमा दलहरूको आरोप–प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उनले संसदमा एकले अर्कालाई भ्रष्टाचारी भनेर आरोप लगाएको बताए । ‘एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएपछि दुवै भ्रष्टाचारी देखिए,’ महतोले भने । 

भूगोलको एकीकरणमात्र होइन मन पनि मिलाएर राष्ट्रियता कायम गर्नुपर्ने भन्दै उनले भने, ‘पृथ्वी नारायण शाह भूगोल एकीकरण गरे । साझा फूलबारी बनाए । तर, अहिले किन मन जोडिएन । जुन जनताका लागि संविधान बनाइयो, त्यही जनतालाई गोली हानियो ।’ 

नेपाल सबै जातजाति र समुदायका लागि बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्दै उनले एकल राज्य प्रणालीमा चलेको आरोप लगाए । जनता अहिले पनि पहिचान चाहिरहेको भन्दै उनले बालेन साहको विजयी परिवर्तनको संकेत रहेको बताए । 
 





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १६:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया