logo-img

गोकर्ण विष्टले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषय उठाए

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफ्नो धारणा राखेका छन् । 

उनले अहिलेको निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफ्नो मत राखेका छन् ।

उनले अब निर्वाचनको मोडल समानुपातिक हुन सक्ने भन्दै कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष निर्वाचित हुनसक्ने विषयमा सोच्नु पर्ने अवस्था आएको बताएका छन् ।



‘निर्वाचनमा जुन प्रवृत्तिले खर्च प्रणाली बढेको छ, वडामा करोडौं खर्च भएको छ,’ उनले भने, ‘यसले लोकतन्त्रलाई माफियाको हातमा सुम्पिने प्रक्रिया सुरु गरेको छ । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’

उनले लोकतन्त्रको जग बलियो बनाउन निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नु पर्ने छ भन्ने तर्क गरेका छन् । ‘हामीले निर्वाचन प्रणालीलाई बदल्नु पर्ने अवस्था त छैन ?’ उनले भनेका छन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १३:५४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया