सरकार एक चीन नीतिप्रति दृढ छ, बीआरआईमा बुद्धिमतापूर्ण ढंगले निर्णय लिन्छौँ : देउवा
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताए । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीनविरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबीसमेत गरे । 
प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लिने बताए । 

उनले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ । छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ । विगतमा चीनविरुद्ध नेपालमा सक्रिय संस्थालाई मैले रोक लगाएको कुरा स्मरण गराउन चाहन्छु । बीआरआईलगायतका अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताको आधारमा निर्धारण हुने भएकाले नेपाल सरकार बुद्धिमतापूर्ण ढंगले यस्ता विषय उचित निर्णय गर्नेछ ।’





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार २०:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया