मुक्तिनाथ केबलकारको पूर्वाधार तयार गर्न सरकारले सहयोग गर्ने

सरकारले वीरेठाँटी–मुक्तिनाथ केबलकारको पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने भएको छ । आइतबार बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।  

८० किलोमिटर लामो सो केबलकार बनाउन ५४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । 

यस्तै उनले सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्नुका साथै निजी क्षेत्रमार्फत चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरी दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गर्ने घोषणासमेत गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २१:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया