जहाज दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्– शव चिनिने अवस्थामा छैनन्

आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भिरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन ।

स्थानीय इन्द्रसिंङ शेरचनलगायतको टोली भने घटनास्थलमा पुगिसकेको छ । 

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन, यहाँको अवस्था भयावह छ ।’

उनी राति नै त्यसतर्फ गएका हुन् । यद्यपि सुरक्षा निकायले यसबारे पुष्टि गर्न बाँकी छ । जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।   





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार ८:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया