विमान दुर्घटनामा ज्यान गुमाउनेमा धनगढीका दम्पती पनि

मुस्ताङको थासङमा भएको तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका एक दम्पती पनि रहेको पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१४ ‘एच गाँउ’ फूलबारीका ६९ वर्षीया पुरुषोत्तम गोले र ६५ वर्षीय उनकी श्रीमती तुलसीदेवी तामाङ विमान दुर्घटनामामा परेका हुन् । 

उनीहरुले काठमाडौंको जोरपाटीमा गलैँचा उद्योग सञ्चालन गर्दै आएका थिए । उनहरुका तीन छोरा र तीन छोरी छन् । उनीहरुको पुर्ख्यौली घर भने धनुषा हो । 

उनीहरु परिवारसहित मुक्तिनाथ दर्शनमा निस्केका थिए । गलैँचा उद्योग सञ्चालन गरी काठमाडौं बस्दै आएका गोलेले धनगढी उपमहानगरपालिका १४ ‘एच गाउँ’ फूलबारीमा सिद्धार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए । 

सामाजिक अगुवाका रूपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा निःशुल्क रूपमा शिक्षक भएर सेवासमेत दिएका थिए ।
उनीहरू एकै परिवारका सात जनामध्येकै सदस्य हुन् । 

राजा वीरेन्द्रको कार्यकालमा ०३६ सालमा उनीसँगै ९७ घरधुरी धनुषाबाट बसाइँसराइ गरी कैलाली आएका थिए । त्यसमध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सातजना रहेको पुष्टि भएको हो ।



विमानमा धनुषा मिथिला नगरपालिका–११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका छन् ।



  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १७:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया