तारा एयर दुर्घटनाः पोखराबाट शव ल्याइँदै, त्रिभुवन विमास्थलमा मृतकका परिवार

मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखराविमानस्थलमा झारिएको छ । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत शव पोखरा विमानस्थल लगिएको हो । 

शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने  र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ । 

शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् । 

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। 

उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १८:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया