तारा एयर विमान दुर्घटना १० जनाको शव काठमाडौं आइपुग्यो (तस्वीरहरू)

मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । 

काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ । 





 

  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १९:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया