मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको ब्लाकबक्स भेटियो

आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटना भएको तारा एयरको जहाजको ब्लाकबक्स भेटिएको छ । आज बिहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स भेटाएको हो ।

यो बक्स फेला परेपछि अब दुर्घटनाबारे थप अनुसन्धान गर्न सहज हुनेछ । अहिलेसम्म प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

माउन्टेन गाइड शाहीका अनुसार विमानको पुच्छरमा रहेको इन्धनभित्र ब्लाकबक्स फेला परेको हो । दुर्घटना कसरी भयो भन्ने विस्तृत जानकारी बक्समा रेकर्ड हुनेछ । प्राविधिकहरूका अनुसार ब्लाकबक्स आगलागी हुँदासमेत जल्दैन ।

तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ । मृतकको शवहरू काठमाडौं ल्याउने कार्य जारी छ । सोमबार दुर्घटनामा मृत्यु भएका १० जनाको शव हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । बाँकी १२ जनाको शव आज ल्याइने छ । 





  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १०:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया