तारा एयर दुर्घटना : पहाडको खोँचबाट सेनाले यसरी संकलन गरेको थियो शव [तस्बिरहरू]
तस्बिर : नेपाली सेना

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भयो । आइतबार दिनभर खोजी गर्दा पनि विमान दुर्घटनास्थलको पहिचान गर्न सकिएन । दुर्घटना भएको भोलिपल्ट अर्थात् सोमबार मात्र जहाज दुर्घटना भएको स्थान पत्ता लाग्यो । २२ जना सवार तारा एयरको सो ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा सोमबार बिहान यार्सागुम्बा संकलकले दुर्घटनाग्रस्त अवस्थामा भेटेका थिए ।

दुर्घटनामा परी चालक दलका तीनसहित २२ जनाकै मृत्यु भएको छ । दुर्घटनास्थलको पहिचानलगत्तै नेपाली सेनाको टोली उद्धारका लागि मुस्ताङ पुग्यो । दुर्घटना पहाडको खोँचमा भएकाले सेनालाई पनि दुर्घटनामा ज्यान गुमाएकाहरूको शव निकाल्न निकै कठिन भयो । त्यसका बाबजुद टोलीले दुई दिन लगाएर २२ जनाकै शव संकलन गरेर काठमाडौं पठाएको छ । तस्बिरमा हेरौं सेनाले कसरी संकलन गरेको थियो मृतकको शव :  





 

  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ८:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया