तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई बुझाइँदै

गत आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । 

पोस्टमार्टमपछि बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव मृतकका परिवारलाई हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुईजना जर्मन नागरिकको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

१४ हजार ५ सय फिटको उचाइमा दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव संकलनका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए ।  





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार ७:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया