logo-img

निजगढ विमानस्थल : सर्वोच्चको फैसलालाई समर्थन गर्दै प्रदर्शन [तस्वीरहरू]

निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

प्रभावित क्षेत्र टांगिया बासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन् । 

विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगिया बस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यबद्धता स्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताए । 



उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपुर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयलाई विस्थापित गराउने षडयन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपुर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको मुख्य माग छ ।



 



  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १४:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया