लमजुङका १३ वडाअध्यक्ष  दोहोरिए

स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्रोपटक निर्वाचित भएका हुन् ।

दोहोर्याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन–तीन जना छन् भने मर्स्याङ्दीमा दुईजना, बेसीशहर र दोर्दीमा एक–एकजना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्रो कार्यकाल रहेको छ । यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वाचित भएका हुन् ।

मध्यनेपाल नगरपालिकाअन्तर्गत वडा नम्वर २, ६ र १० र सुन्दरबजार नगरपालिका वडा नम्वर २, ३ र ७ का वडा अध्यक्ष दोस्रो कार्यकालका निम्ती निर्वाचित भएका हुन् । यस्तै, क्होलासोँथार गाउँपालिका वडा नम्वर १, ५ र ६ का वडा अध्यक्ष र मर्स्याङ्दी गाउँपालिकाको वडा नम्वर १ र २ का वडा पुनः निर्वाचित भएका हुन् । राइनास र दुधपोखरीमा भने दोहोर्याउने वडा अध्यक्ष शून्य छन् । 

निर्वाचित जनप्रनिधिमध्ये तीनजना पालिका प्रमुख समेत दोस्रोपटक निर्वाचित भएका छन् । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डे र मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया