सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बिहीबारको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाएका थिए ।

सभाको छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, एकीकृत समाजवादी पार्टीकी अर्चना गहतराज, एमालेका बलदेव रेग्मी, गेल्बुसिंह बोहरा र रतनबहादुर थापाले भाग लिएको थिए । उनीहरुले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए ।

बजेटको आकार बढ्छः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षको बजेटको आकार बढ्ने बताएका छन् । प्रदेशसभा वैठकमा नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघीय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन् ।

‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्बबराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनले भने,‘बजेट ठूलो हुनेछ । कार्यक्रममा कम बजेट पर्न सक्छ ।’





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २०:३१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया