संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल बन्नुपर्ने बताएका छन् । उनले संघीयताको जग नै स्थानीय तह भएको बताए । 

प्रदेश नं १ का स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले स्थानीय तहविनाको संघीय शासन व्यवस्था असफल हुने दाबीसमेत गरे । उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको बताए ।
 
उनले सबै जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं १ का १३७ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलाई ३० वैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र वितरण गरे ।





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २१:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया