प्रचण्डलाई ओलीले भने– माओवादीलाई एमालेजस्तो बनाउन पाए मान्छे कुट्दै हिँड्थे होलान्
फाइल तस्वीर ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति व्यंग्य गरेका छन् । 

शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले एमाले अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी भएको र स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा धेरै पपुलर मत ल्याएको समेत दाबी गरे । 

उनले सिटमा तलमाथि भए पनि पपुलर भोटमा एमाले नै अगाडि रहेको दाबी गरेका हुन् । 

अनि उनले कार्यक्रममा कांग्रेसलाई एमालेको जस्तो हालत बनाइदिने भनेर केहीअघि प्रचण्डले दिएको अभिव्यक्तिप्रति व्यंग्य गरे । उनले प्रचण्डको नाम नलिइ प्रचण्डले धाक लगाएको बताएका हुन् । 

‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै हिँड्थे,’ ओलीले भने, ‘पहिले मान्छे मार्दै हिँडेको होइन ?’





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ०:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया