logo-img

कैलालीमा हावाहुरी, दर्जनौँ घरमा क्षति

कैलालीमा आएको हावाहुरीका कारण दर्जनौँ घरमा क्षति पुगेको छ ।  केही पशुचौपायसमेतको मृत्यु भएको छ । 

शनिबार साँझ आएको हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको छ । यस्तै, कैलारी गाउँपालिकामा दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । 

सालका रुख ढलेर केही घरमा क्षति पुर्याएको छ भने केहीको टिन र फुसको छानो उडाएको छ । कैलारी गाउँपालिका–८ पृथ्वीपुरका सागर चौधरीले आफ्नो  घरको छाना उडाएको जानकारी दिए । 

मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । लामो समयसम्म पानी नपरेका कारण कैलालीसहित तराईको जनजीवन गर्मीले प्रभावित भएको थियो । 

शनिबार हल्का हावा हुरि सहित आएको पानीले केही राहत भएको छ । अत्यधिक गर्मी भएपछि विद्यालयमा पठनपाठनसमेत प्रभावित भइरहेको छ । कैयौँ विद्यालय केही दिनका लागि बन्द भइसकेका छन् ।

स्थानीय वायु र पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभावले हावाहुरीसहित बादलको विकास भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कैलालीमा भएको वर्षा मनसुनी नरहेको र सुदूरपश्चिममा मनसुन पुग्न अझै केही दिन लाग्ने विज्ञहरुको भनाइ छ ।





 

  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार २१:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया