नेसन्स लिगमा नेदरल्याण्ड्स, पोल्याण्ड तथा वेल्स र बेल्जियमको बराबरी

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्ड्स, पोल्याण्ड तथा वेल्स र बेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् ।  

समूह ‘ए’ ४ को तेस्रो खेलमा चारै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् । नेदरल्याण्ड्स र पोल्याण्डले २–२ गोलको बराबरी खेले । पोल्याण्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदरल्याण्ड्सका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक/एक गोल गरे । 

अर्को खेलमा वेल्स र बेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै बेल्जियमले खेलको ५० औं मिनेटमा १–० को अग्रता लियो । खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसोनले गोल गर्दै वेल्सको हार टारे ।  





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ७:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया