रोनाल्डोमाथिको बलात्कारको मुद्दा खारेज

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ। अमेरिकी न्यायाधिस जेनिफर डोर्सीको इजालसले रोनाल्डोमाथि लगाइएको मुद्दा खारेज गरेको हो ।

अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाउँदै सन् २०१८ मा उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । तर, मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै त्यसलाई खारेज गरिएको हो । 

रोनाल्डोले भने बलात्कारको आरोप नकार्दै आइरहेका थिए । यस्तै, बलात्कार मुद्दामा मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा करिब पौने चार लाख डलर लिएको रिपोर्टसमेत बाहिर आएको थियो ।   





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १०:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया