बढ्यो सुनचाँदीको मूल्य

सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन   शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।  आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार  भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । 





  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १२:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया