वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न कठिन

बैतडीको पुर्चौंडी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न कठिन भएको छ । नेपाल सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता निकासा गर्न थालेपछि स्थानीयलाई समस्या हुन थालेको हो । 

नगरपालिकाको केन्द्र हाटस्थित बैंकमा पुग्न निकै समस्या हुने गरेको स्थानीयले बताएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ । सामाजिक सुरक्षा भत्ता बैंकबाटै बुझ्नका लागि जेष्ठ नागरिकलाई बैंकसम्म पुग्न निकै सकस हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताए । उनले भने, ‘नागरिकको यो समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ । भत्ता बुझ्नैकै लागि नागरिकलाई धेरै समस्या भएको छ ।’

सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक पुग्न निकै समस्या हुने गरेको नगरबासीले गुनासो गरेका छन् । वडा नं २, ३, ९, ६ का स्थानीयहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि समस्या हुने गरेको छ । 

नगरपालिकाले वडा वडामै सामाजिक सुरक्षा भत्ता वितरणका विषयमा छलफल भइरहेको जनाएको छ । अहिले फागुनमै पाइने भत्ता वितरण भइरहेको र अब नगरपालिकाले बैंकसँग सहकार्य गरेर वडामै कसरी जान सकिन्छ भन्ने विषयमा छलफल गर्ने पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २०:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया