नेमान्जा माटिच रोमामा अनुबन्ध

इटालियन क्लब रोमाले मिडफिल्डर नेमान्जा माटिचलाई अनुबन्ध गरेको छ ।

इटालियन सिरी ‘ए’ क्लब रोमाले माटिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

माटिचले सिजनको अन्त्यसँगै युनाइटेड छाडेका थिए । सर्बियन मिडफिल्डर माटिचले रोमासँग एक वर्षको सम्झौता गरेका हुन् ।

३३ वर्षीय मिडफिल्डर २०२३ को ३० जुनसम्म रोमामा रहने छन् । माटिच २०१७ मा अर्को इंग्लिस क्लब चेल्सीबाट युनाइटेड आएका थिए । माटिचले युनाइटेडका लागि प्रिमियर लिगमा १२८ खेल खेल्दा दुई गोल गरेका छन् ।
 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १३:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया