प्रदेश १ को नामाकरणका सत्तारुढ दल नेपाली कांग्रेसले पनि छलफल थालेको छ ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले संसदीय दलका नेता राजीव कोइरालालाई अन्य दलसँग नामको विषयमा छलफल गर्ने जिम्मेवारी तोकेको छ ।
संसदीय दलले प्रदेश सभाको चालू अधिवेशनबाटै प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको प्रमुख सचेतक सूर्यराज राईले जानकारी दिए ।
त्यस्तै, संसदीय दलले प्रदेशमा राजनीतिक समयन्त्रका संयोजक समेत रहेकादलका नेता राजिव कोइरालाले अन्य दलसँग नामको विषयमा छलफल चलाउने र पार्टीले नामको विषयमा समान धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ । अरु प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश एकको नाम राख्न अब विलम्ब गर्न नहुने कांग्रेसको जोड रहेका प्रमुख सचेतक राईले बताए ।
प्रदेशको नामको विषयमा गठबन्धन नेतृत्वको सरकारले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले पूर्व पनि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
सो कार्यदलले छलफललाई तीब्रता दिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।