चार प्रदेशमा मनसुनी वायुको प्रभाव, यस्तो छ दुई दिनको मौसम पूर्वानुमान

नेपालका चारवटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको हो ।

बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।
बिहान प्रदेश–१, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश–१, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश–१, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ६:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया