पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाको धर्ना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाको कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ ।

सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता–कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् । 

प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भिभिआइपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका ७ वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनुपरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । अनावश्यक करको दर मात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने उनले दाबी गरे । 

सरकारले गएरातिबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर १९९ र डिजेल १९२ हुने गरी मूल्यवृद्धि गरेको छ । त्यसको विरोधमा सर्वसाधारण समेत आन्दोलनमा उत्रिएका छन् ।





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १८:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया