नाकाबन्दीपछि पनि बुलन्द कतारको अर्थव्यवस्था

दोहा– २०१७ को जुनमा कतारका चार छिमेकी देशले उसमाथि आर्थिक र कूटनीतिक प्रतिबन्ध लगाए । त्यसयता कतारले दुई ठूला समस्याको सामना गरेको जानकारहरु बताउँछन् । 

लन्डनका रोयल युनाइटेड सर्भिस इन्टिच्युटका फेलो माइकल स्टिफस भन्छन्, ‘कतारका जनताले दुई ठूला समस्या झेल्नुपरेको छ । पहिलो समस्या उनीहरु बिन लादेनजस्तो चरमपन्थीलाई सहयोग गर्दैनन् भनेर संसारलाई बुझाउनु । र, दोस्रो यहाँको अर्थव्यवस्था बलियो छ र कतार लगानीको लागि एक राम्रो स्थान हो भनेर विश्वास दिलाउनु । कतारलाई यो पनि साबित गर्नु छ कि, कतार प्रत्यक्ष विदेशी लगानीका लागि सजिलो स्थिति बनाइरहेको छ ।

साउदी अरब, बहराइन, इजिप्ट र युएईले ग्यास सम्पदामा समृद्ध कतारलाई चरमन्थीलाई वित्तपोषण गरेको आरोप लगाउँदै अनेकौँ प्रतिबन्ध लगाएको थियो । तर, कतार यो सबै आरोपहरुलाई इन्कार गरिरहेको छ । 

चार छिमेकी देशले कतारसामु १३ वटा माग राखेका थिए । जसमा, इरानसँग आर्थिक सहायता बन्द गर्नुपर्नेदेखि अल जजिरा न्युज च्यानल बन्द गर्नुपर्ने सम्मका माग समावेश थिए । 

कतारले यी सबै माग पूरा गर्न नसक्ने बतायो । र, १९ महिनादेखि कतार नाकाबन्दीको सामना गरिरहेको छ । 

कतारका लागि मुस्किल परिस्थिति



कतार साँच्चै चरपन्थलाई समर्थन गरिरहेको छ त ? मुख्य प्रश्न हो यो । साउदी अरबका पत्रकार जमाल खासोग्जीको हत्या भएसँगै यो प्रश्न पनि कतै दबेको छ । तर, कतार अझै पनि आफ्नो अर्थव्यवस्था लगानीका लागि खुला भएको बताउने कोसिस गरिरहेको छ ।

त्यसो भए कतार आर्थिक बहिष्कारको सामना गर्न कति सक्षम छ त ? 



बहिष्कारपहिले कतारको कुल आयको ६० प्रतिशत भार चार देशबाट पूरा हुने गरको थियो । जुन अहिले कतारविरुद्ध लागिरहेका छन् ।

आयातित वस्तुमा सबैभन्दा धेरै खाद्यसामग्री आयात हुन्थे । खाद्य माग पूरा गर्न कतारले आफ्नो घरेलु उत्पादन वृद्धि गर्नु आवश्यक भयो । दूध उत्पादनमा दक्ष हुन उसले हजारौँ गाई बाहिरबाट ल्याउनुपर्यो । 

कतार सरकारका पूर्व आर्थिक सल्लाहकार भन्छन्, ‘विपरीत परिस्थितिको सामना गर्न कतार सफल भएको छ ।’ कतार इनभेस्टमेन्ट फन्ड अल रयानका वरिष्ठ निर्देशक अकबर खान भन्छन्, ‘यस्तो असाधारण संकट समाधान गर्न सरकारले धेरै राम्रो काम गरिरहेको छ ।’

उनी थप्छन्, ‘सरकारले जनजीवन प्रभावभित हुन दिएको छैन । यसको श्रेय सरकारलाई नै जान्छ । नाकाबन्दीले हाम्रो भावनालाई प्रभावित गर्यो, तर हाम्रो व्यापारिक क्षमतालाई गर्न सकेन ।’

बलवान् समय 

समयले पनि कतारलाई भरपूर साथ दिएको छ । र, उसको कठिन परिस्थितिमा सहयोग गरेको छ । नाकाबन्दीको तीन महिनापछि सेप्टेम्बर २०१७ मा कतारले ७.४ मिलियन डलरमा बनेको हमाद बन्दरगाहको सुरुवात गर्यो । जसले गर्दा जहाज आउन कुनै समस्या भएन । 

यसअघि, कतार छिमेकी देशको बन्दरगाहमा आश्रित थियो । संसारभरिको सामान दुबई भएर कतारलगायत मुलुकमा जान्थ्यो । खाद्यसामग्री र अन्य आवश्यकता पूरा गर्न कतारले खाडी देशबाहिर आर्थिक सम्बन्ध बढाउने प्रयास गर्यो । यसमा विशेषगरी अमेरिका थियो । जर्मनीसँग पनि कतारले आफ्नो आर्थिक सम्बन्ध बलियो बनाउने प्रयास गरिरहेको छ । 

कतार इनभेस्टमेन्ट फन्ड अल रयानका वरिष्ठ निर्देशक अकबर खान भन्छन्, ‘राजनीतिक र आर्थिक सम्बन्धको यो सुरुवात नयाँ कतार बनाउँने योजनाको एक भाग हो । जसको उद्देश्य खाडीबाहिरका देशसँग सुमधुर सम्बन्ध स्थापित गर्नु हो । हाम्रो उद्देश्य भनेको नाकाबान्दीपछि पनि हाम्रो ज्यापार उस्तै छ भनेर देखाउनु हो । कतार आर्थिक रुपमा बलियो छ, तर यहाँ विदेशी कम्पनीको लगानी र अवसर छ भनेर दर्शाउन मात्र होइन ।’

विदेशी लगानी

विदेशी लगानीलाई प्रोत्साहन गर्न कतार सरकारले कैयौँ आर्थिक सुधारको घोषणा गरेको छ । यसमा मजदुरी, कानुन, निजीकरण, विशेष क्षेत्र र विदेशी स्वामित्व सीमा फेरिएको छ ।

कतार सरकारका अनुसार अब यहाँ लगानी गर्न सहज छ । तर, जानकारहरु यो कुरामा असहमति पनि जनाउँछन् । यहाँ ठूलो मात्रामा विदेशी लगानी गर्न मूलभूत संरचनाको अझै कमी छ । 

एक पूर्व आर्थिक सल्लाहकार भन्छन्, ‘यहाँको बजार सानो छ । प्रतिस्पर्धा निकै कम छ, तर मूल्य ज्यादा छ ।’

संसारकै तेस्रो ठूलो ग्यास भन्डार कतारको समस्या समाधानको मुख्य आधार बन्यो । कतारसँग हाइड्रोकार्बनको विशाल भन्डार छ । जसले नाकाबन्दीको समयमा पनि आर्थिक सहायता प्रदान गरिरहेको छ ।

थोरै मात्र ग्यास निर्यात बढाउँदा कतारका मानिस सजिलैसँग बाँच्न सक्छन् । ग्यासबाट कमाएको पैसाले उनीहरुको सारा समस्या समाधान गर्न सक्छ । 
 

  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १७:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया