पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए । सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए ।
उनले भने, ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ । त्यसकारण सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ । पोलिटब्युरोले निर्णय गरेको छ, केन्द्रिय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन । हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम कारबाही गर्छ ।’
फरक प्रशंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा सुरुवाती सम्झौता बमोजिम हुने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।