विदेश विभाग प्रमुख नियुक्त गर्दा विधान नमिचेको एन्फाको दावी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ । ६ असारमा चुनावी साधारण सभाबाट निर्वाचित एन्फाको नयाँ कार्यसमितिको ८ असारमा बसेको पहिलो बैठकले विदेश विभाग प्रमुखमा पाण्डेलाई नियुक्त गरेको थियो । 

जर्मन नागरिक पाण्डेको नियुक्तिसँगै चौतर्फी आलोचना भएपछि एन्फाले सोमबार सूचना जारी गर्दै स्पष्टोक्ति दिएको हो ।

‘पाण्डेको नियुक्तिलाई लिएर उठेका केही सवालहरूबाट यस संघको ध्यानाकर्षण भएको छ,’ एन्फाद्वारा जारी सूचनामा भनिएको छ, ‘सो निर्णय दाबी गरे अनुसार विधान विपरीतको नभएको जानकारी गराउन चाहन्छौँ । उनले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिक रुपमा सो पदमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौँ’ सूचनामा भनिएको छ । 

यस्तै, विधानको धारा २४ को ३ र क मा स्पष्टसँग गैर नेपाली नागरिक एन्फा, वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भनेर व्याख्या गरिएको र फुटबलको विकासका लागि मुख्य प्रशिक्षक, प्रशिक्षक लगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लागि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले कार्यसमितिको त्यो निर्णयले विधान नमिचेको पनि सूचनामा उल्लेख छ । 

 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १४:२७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया