लण्डनबाट एक नेपाली युवा एक महिनादेखि बेपत्ता

बेलायतको लण्डनस्थित हेजबाट एक नेपाली बेपत्ता भएका छन् । लामो समयदेखि लण्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत २९ मेदेखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ । 

स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ । 
 
उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।  





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ७:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया