प्रदेश १ मा बाढीको वितण्डाः दुई हजार सात सय विस्थापित, दर्जनौँ सडक अवरुद्ध

अविरल वर्षाका कारण आएको बाढीले प्रदेश १ मा सयौँ परिवार विस्थापित भएका छन् । हालसम्म बाढीका कारण दुई हजार सात सय ३४ जना विस्थापित भएका छन् । 

अविरल वर्षाका कारण आएको बाढीले मोरङमा ३ सय ६७ घरका १ हजार तीन सय ६८ जना, सुनसरीमा ५४ घरका दुई सय चार जना र झापामा १ सय ३९ घरका १ हजार १ सय ६२ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नवीनराज राईले जानकारी दिए ।
 
बाढीबाट विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । प्रहरी उपरीक्षक राईका अनुसार बाढीले बगाएर हालसम्म एकजनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण प्रदेश १ विभिन्न १३ स्थानमा सडक अवरुद्धद्ध भएको छ । 

उदयपुरको चौदण्डी गढी, खोटाङको हलेसी तुवाचुुङस्थित मध्यपहाडी लोकमार्ग, सुनसरीको दुहवी, पाँचथरको मिक्लाजुङ, मोरङ ग्रामथान, रंगेली, कानेपोखरी, ओखलढुंगाको सिद्धिचरण राजमार्ग, धनकुटाको मुलघाटस्थित भित्री सडक बाढीपहिरोका कारण अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अवरुद्ध सडकहरु सुचारु गराउने प्रयास जारी रहेको प्रवक्ता राईले बताए । बाढीका कारण थप धनजनाको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया