logo-img

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा के छ ? हेर्नुहोस् पूर्णपाठ
फाइल तस्वीर

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नेबारे सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गरेको फैसला सार्वजनिक भएको छ । सर्वोच्चले गत जेठ १२ गते दिएको फैसलाको पूर्णपाठ बुधबार प्रकाशित भएको हो ।

फैसलाको पूर्ण पाठमा विमानस्थल बनाउन वनक्षेत्र जोगाउन प्राथमिकता दिनुपर्ने, विमानस्थल पूर्वाधार बनाउँदा न्यूनतम् वनक्षेत्र उपयोग गर्नुपर्ने, वन्यजन्तुलाई असर पुर्‍याउन नहुने, रुख बिरुवा रोप्नुपर्ने र वन क्षेत्रमा एयरपोर्ट सिटी बनाउन नपाइनेसहित शर्त पूरा गरेर आयोजना अगाडि बढाउन सकिने भनिएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले १२ जेठमा सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरू उत्प्रेषणको आदेशले बदर गरेको थियो ।



 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया