टिवाइटी कपमा कारो एफसीको सामना गर्दै एनआरटी

सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले टुवान याङ टेरुतमा(टिवाइटी) कप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा आज इन्डोनेसियाको लिग–२ क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । 

खेल मलेसियाको पेनाङ सिटी रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ । यस्तै एनआरटीले शनिबार मलेसियाको सुपर लिग क्लब पेनाङ एफसीसँग दोस्रो खेल खेल्नेछ ।

प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा हुन लागेको हो । प्रतियोगिताको विजेताले १० हजार तथा उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछन्  ।

एनआरटीले ‘ए’ डिभिजन लिगको तयारी स्वरूप ‘प्रि–सिजन’ खेलका लागि मलेसिया भ्रमणमा गएको हो । उसले मलेसिया भ्रमणपछि थाइल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ ।
 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया