मुख्यमन्त्री पाण्डेविरुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षर संकलन

बागमती प्रदेशमा कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षर संकलन सुरु गरिएको छ । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो । 

सरकार छाड्न मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई दबाव दिने गरी हस्ताक्षर संकलन गरिएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्ने विषयमा सत्तारुढ गठबन्धनको पूर्वसहमति थियो । तर, मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद नछोड्ने बताएपछि  हस्ताक्षर संकलन सुरु गरिएको बताइएको छ ।

पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन गर्नुपरेको नेकपा माओवादीका एक जना सांसदले जानकारी दिए । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच बागमती प्रदेश सरकारको नेतृत्वबारे लिखित सहमति भएको मिडियामा आएको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १४:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया