प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

प्रभु बैंकका एकजना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले १७ असारबाट ३५ दिनभित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १०:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया